बेनीमा खोलाले बगाउँदा उदयपुरको एक जना बेपत्ता

सहयात्रा टिभी

काठमाडौँ । भाद्र १२, म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई हिजो बेलुका म्याग्दी खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

नुहाउनका लागि किनारमा पुगेका राई लडेर खोलामा खसेका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

प्रकाशित : 28 August, 2022

प्रतिक्रिया दिनुहोस्