इपिजीको बैठक काठमाडौंमा बस्दै

सहयात्रा टिभी

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को दुईदिने बैठक आज काठमाडौंमा बस्दै छ । बैठकमा नेपाल भारतबीच रहेका सबै सन्धिसम्झौताको समीक्षा गरिने जनाइएको छ ।

बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५०, जलस्रोत क्षेत्रमा भएका सन्धि सम्झौता, व्यापार तथा पारवहनका क्षेत्रमा भएका सम्पूर्ण सन्धिसम्झौतामा बुँदागत छलफल गरिने इपिजीमा नेपालतर्फका संयोजक भेषबहादुर थापाले जानकारी दिनुभयो ।

२०७२ सालमा गठन भएको इपिजीको बैठक नेपाल भारतमा पालैपालो हुँदै आएको छ । नेपाल भारत बीच रहेका सम्पूर्ण सन्धि सम्झौताको समीक्षा गरी प्रतिवेदन बुझाउन इपिजीलाई दुई वर्षको अवधि दिइएको छ ।

इपिजीले अबको एक वर्ष भित्र चार वटा बैठक बसी सम्पूर्ण विवादित विषय टुंग्याउनु पर्नेछ । इपिजीमा नेपाल र भारतका चारचार जना सदस्य छन् ।
इपिजीले साझा प्रतिवेदन दुवै देशका सरकारलाई बुझाने छ र त्यसैको आधारमा सन्धिसम्झौता संशोधन, पुनरावलोकन प्रक्रिया अघि बढाइनेछ ।

प्रकाशित : 7 October, 2017

प्रतिक्रिया दिनुहोस्