केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु

सहयात्रा टिभी

काठमाडौं । भदौ १६, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु भएको छ । विमानस्थल कार्यालयका अनुसार ११ भदौदेखि यो विमानस्थलबाट पहिलो पटक फ्रान्सका लागि कार्गो निर्यात गरेको जनाएको छ ।

कुवेतहुँदै कार्गो फ्रान्स पठाइएको हो । हिमालेक्स ट्रेडर्सले उक्त सामान फ्रान्स पठाएको हो । अहिले यो विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गरिरहेको छ । कार्गो सेवा सुरु भएसँगै वैदेशिक व्यापार समेत विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : 1 September, 2022

प्रतिक्रिया दिनुहोस्