केपी ओली प्रचण्ड माधव नेपाल एमाले


३५ तहमा बाहेक प्राधिकरणले मुलुकभरका स्थानीय तहमा पूर्ण विद्युतीकरण

सहयात्रा टिभी

काठमाडौं । भदौं १६, नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ भने ३५ स्थानीय तहमा विद्युत् पुग्न सकेको छैन ।

प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ–२०७९ अनुसार कुल जनसंख्याको ९२.५१ प्रतिशतमा विद्युतको पहुँच पुगेको  जनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी मधेश प्रदेशमा ९९.९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६.७९ प्रतिशत विद्युतीकरण भएको छ । प्रदेश नम्बर १ मा ९१.२३ प्रतिशत, बागमतीमा ९७.४७, गण्डकीमा ९७.७६ प्रतिशत, लुम्बिनीमा ९६.७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण भएको जनाएको छ ।

विद्युतको पहुँच पुगेकामध्ये ९२.३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र ०.१४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत् पाएका छन् । आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन नसकेका स्थानीय तहहरुमा विद्युतीकरण गर्न टेण्डरको प्रक्रियामा गइसकेको जनाएको छ ।

 

प्रकाशित : 1 September, 2022

प्रतिक्रिया दिनुहोस्