केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालेन अब होर्डिङ बोर्ड हटाउने अभियानमा

सहयात्रा टिभी

काठमाडौं । भदौ १६, नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले अब होर्डिङ बोर्ड हटाउने अभियानमा लागेको जनाएको छ ।

महानगरले मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका डिजिटल बोर्ड हटाउन लागेको हो । त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टर सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड हटाएर यो अभियान सुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले जनाएको छ । त्यसका लागि महानगरको टोली त्रिपुरेश्वर जाँदै छ ।

प्रकाशित : 1 September, 2022

प्रतिक्रिया दिनुहोस्