एक गर्भवतीको मृत्युले पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको राजीनामा

सहयात्रा टिभी

काठमाडौं । भदौ १६, पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्टा टेमिडोले प्रसूति वार्डमा ठाउँ अभावका कारण गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन् ।

एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भएको बताइएको छ । पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको प्रसूति वार्डमा ठाउँ अभाव भएपछि महिलालाई लिस्बनको अर्को अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै होइन । विगत केही महिनादेखि, आलोचकहरूले पोर्चुगललाई डेलिभरी अस्पतालमा कामदारहरूको गम्भीर अभाव भएको आरोप लगाउँदै आएका छन् । डाक्टर मार्टा टेमिडो सन् २०१८ देखि पोर्चुगलमा स्वास्थ्यमन्त्री थिइन् ।

पोर्चुगलको समाचार एजेन्सी लुसाका अनुसार पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले एक विज्ञप्ति निकाल्दै स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत गरेको बताएका छन् । प्रधानमन्त्रीले टेमिडोको उत्कृष्ट कामका लागि धन्यवाद दिएका छन् ।महिलाको मृत्यु नै डा. टेमिडोको राजीनामाको ‘अन्तिम कारण’ साबित भएको बताएका छन् ।

गर्भवती महिलाको आकस्मिक शल्यक्रिया गरिएको र नवजात शिशुलाई आइसीयूमा भर्ना गरिएको पोर्चुगलको राजधानी लिस्बनस्थित सो फ्रान्सिस्को जेभियर अस्पतालले जनाएको छ ।

बीबीसी हिन्दीबाट

 

 

 

प्रकाशित : 1 September, 2022

प्रतिक्रिया दिनुहोस्