महानगर : अनधिकृत संरचना हटाउँदै कोटेश्वर सम्म पुग्यो

सहयात्रा टिभी

काठमाडौँ । भदौ १९, काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउँदै कोटेश्वर सम्म पुगी त्यहाको अनधिृकत रुपमा निर्माण गरिएका संरचना हटाउन थालेको जनाएको छ ।

नगरप्रहरीले अहिले धमाधम फुटपाथ मिचेर बनाइएको संरचना, बोर्ड हटाइरहेको उनको भनाइ छ । केही बेरमा अनधिकृत रुपमा निर्माण भएका टहराहरु पनि हटाइने उनले बताए ।

कोटेश्वरस्थित पूर्वी क्षेत्रको गाडीका काउन्टरहरु रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरु हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

प्रकाशित : 4 September, 2022

प्रतिक्रिया दिनुहोस्