मनिषा र गोविन्दाले फिल्म प्रेमगीत ३ लाई कपिल शर्मा शोमा लैजाने सहमति

सहयात्रा टिभी

काठमाडौं । भदौ २१, चर्चित बलिउड कलाकार मनिषा कोइराला र गोविन्दाले नेपाली फिल्म ‘प्रेमगीत ३’लाई ‘कपिल शर्मा शो’मा लैजाने तयारी भएको छ । उक्त चर्चित भारतीय शोमा ‘प्रेमगीत’को तर्फबाट सहभागी हुन गरिएको प्रस्तावमा मनिषा र गोविन्दाले सहमति दिएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

शोमा भाग लिन ‘प्रेमगीत ३’ का भारतीय निर्माताले सञ्चालक कपिल शर्मालाई आग्रह गरेका छन् । तर कपिलले चाहिं यसबारे निधो दिइसकेका छैनन् । यसैसाता ‘प्रेमगीत ३’ का निर्माता र कलाकारसँग मनिषाको मुम्बईस्थित निवासमा यसबारे छलफल भएको थियो । उनले सामाजिक सञ्जालबाट पनि फिल्मको प्रमोसन गरिरहेकी छन् ।

बलिउडका केही सञ्चारमाध्यम र युट्युब च्यानलले पनि इन्डो-नेपाली प्रोजेक्ट ‘प्रेमगीत ३’ लाई कपिल शर्मा शोमा लैजाने तयारीबारेका समाचार प्रवाह गरेका छन् । ‘प्रेमगीत ३’ असोज ७ गते नेपाल भारतसहित मुलुकमा प्रदर्शन हुँदैछ । भारतमा हिन्दी र नेपालमा नेपाली भाषामा रिलिजको तयारी छ ।

प्रकाशित : 6 September, 2022

प्रतिक्रिया दिनुहोस्