प्रहरीको प्रेस विज्ञप्तिमा लामिछानेले पटकपटक बलात्कार गरेको जाहेरी

सहयात्रा टिभी

काठमाडौं । भदौ २२, जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको जनाएको छ ।

प्रहरीले भनेको छ, ‘काठमाडौंमा ल्याइ रातको अन्दाजी ११ः५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नम्बर ३०५ मा ६ गते बिहान १२ः२५ मा पटकपटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी २१ भदौमा प्रहरी वृत्त, गौशालामा जाहेरी दर्खास्त परेको छ ।’

सन्दीप घटनाको भोलिपल्ट नेपाली क्रिकेट टोलीको नेतृत्व गर्दै केन्या गएका थिए । केन्यामा पाँच वटा टी–२० क्रिकेट खेलेपछि उनी उतैबाट क्याराबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट खेल्न जमैका गएका थिए । अहिले उनी त्यहीँ छन् ।

जाहेरी दर्ता भएलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा पीडित किशोरीको विस्तृत स्वास्थ्य परीक्षण गराइएको काठमाडौं प्रहरीले भनेको छ । विज्ञप्ति अनुसार पीडितले दिएको जाहेरी दर्खास्तमा ५ भदौमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर राति बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

अनुसन्धानका लागि विभिन्न विधि र प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त टोली खटिएको विज्ञप्तिमा भनिएको छ ।

 

 

 

 

 

प्रकाशित : 7 September, 2022

प्रतिक्रिया दिनुहोस्