वैदेशिक रोजगारका घरेलु कामदारमा सरकारको दोहोरो नीति
सहयात्रा टिभी
काठमाडौं । भदौ २२, वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने विषयमा सरकारको दोहोरो नीति देखिएको छ । एकातिर सरकारले नै विभिन्न मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ भने अर्कोतिर जोर्डनसँग सरकारले नै सम्झौता गरेर मेनपावर व्यवसायीमार्फत घरेलु कामदारलाई पठाउँदै आएको देखिएको छ ।
सरकारले २०७३ सालदेखि नेपाली महिलालाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाएको थियो । कामदारको सुरक्षा नभएका मुलुकहरूमा सरकारले घरेलु कामदारको रूपमा जान रोक लगाएको ५ वर्षभन्दा बढी भइसक्यो ।
अन्यत्र घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको सरकारले जोर्डनमा भने सम्झौता गरेरै पठाइरहेको छ । २०७२ सालमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका’ जारी भएको थियो । तर, सरकारले २०७३ चैतबाट लगाएको प्रतिबन्ध आजसम्म फुकुवा भएको छैन ।