महानगरपालिकाले धोबीचौरमा रहेको अनधिकृत संरचना हटाउँदै

सहयात्रा टिभी

काठमाडौँ । भदौ २२, काठमाडौं महानगरपालिकाले धोबीचौरमा रहेको अनधिकृत संरचना हटाउने भएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको अनधिकृत टहरा हटाउन महानगरले डोजर चलाउने जनाएको छ ।

बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबीचौरको अनधिकृत टहरा हटाउने भएको महानगरले जनाएको छ । महानगरपालिकाले पछिल्लो समय अनधिकृत संरचनाहरु हटाउँदै आएको छ । सोही क्रममा बुधबारदेखि वडा नम्बर १७ मा रहेका अनधिकृत संरचना हटाउन सूरु गरिएको नगर प्रहरी उपरीक्षक शिव पौडेलले जानकारी दिए ।

काठमाडौं महानगरले ३२ वटै वडाध्यक्षहरुलाई आफ्नो वडामा रहेको अनधिकृत संरचना, नक्सा अनुसार वेसमेन्ट प्रयोजन भएरनभएको र फुटपाथ अतिक्रणको अनुगमन गरेर हटाउन अनुरोध गरेको थियो । वडाबाट भएको निर्देशन नटेरेमा नगर प्रहरीले बल प्रयोग गरेर हटाउँदै आएको छ ।

प्रकाशित : 7 September, 2022

प्रतिक्रिया दिनुहोस्