रोशन बान्तवालाई ‘बेस्ट अमेरिकन म्युजिसियन अफ दि इयर’ अवार्ड

सहयात्रा टिभी

काठमाडौं । भदाै २३, संगीतकार रोशन बान्तवा राईले वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयरको अवार्ड प्राप्त गरेका छन् ।

काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बान्तवालाई उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण गरिएको हो । समारोहमा संगीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सकेँ भन्ने बारेमा जानकारी दिएका थिए ।

उनले अनलाइनमार्फत आफू उक्त अवार्डको प्रकृयामा सहभागि भएको र अवार्ड प्राप्त गर्न सफल भएको बताए । उनले यो अवार्डले आफूमात्र नभएर देशलाई चिनाउने काम गरेको दावी समेत गरे ।

अवार्ड प्राप्त गरेर नेपालकै गौरव बढाएको भन्दै कलाकार उत्तम केसी, संगीतकार सन्तोष श्रेष्ठ, प्रमुख अतिथि गायिका ज्ञानु राणा लगायतले संगीतकार राईलाई वधाइ तथा शुभकामना अर्पण गरे ।

पाँचथरको मिक्लाजुङ ५ मा स्थायी घर भई राजधानी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना सिर्जनामार्फत धेरैको मन जित्न सफल संगीतकार राईका ६ सयभन्दा बढी सिर्जना सार्वजनिक भएका छन् । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय संगीतकार राईका गिटार, पियानो तथा कर्डहरू गरी ६ वटा किताबहरू पाठकमाझ आएका छन् ।

प्रकाशित : 8 September, 2022

प्रतिक्रिया दिनुहोस्