नेपाली सेना र नेपाल प्रहरीलाई कर तिर्न महानगरको १० दिने अल्टिमेटम

काठमाडाै । भदाै २४, काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषदलाई १० दिन भित्र कर बुझाउन पत्र पठाएको छ । उक्त संस्थाहरुलाई बहाल आम्दानीको विवरण सहित बहाल कर बुझाउन महानगरले सूचना जारी गरेको हो |
साथै, महानगरपालिकाले शंकरदेव क्याम्पस, आर.आर. क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि १० दिन भित्र बहाल कर बुझाउन पत्र काटेको छ। निर्धारित समयमा कर नतिरेमा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुल उपर गर्न आवश्यक प्रकृया अगाडि बढाउने महानगरले पत्रमा जनाएको छ ।