अस्ट्रेलियाका विभिन्न सहरमा कन्सर्ट गर्दै १९७४ एडी ब्याण्ड

काठमाडौं । भदौ २४, चर्चित सांगीतिक ब्याण्ड १९७४ एडीले अस्ट्रेलियाका सात सहरमा कन्सर्ट गरेको जनाएको छ । राजधानी क्यानबेरासहित सिड्नी, मेलवर्नजस्ता ठूला सहरमा ब्याण्डले आफ्नो सांगीतिक प्रस्तुति दिएको जानकारी प्राप्त भयो ।
रोटेपिङ इन्टरटेनमेन्टको आयोजनामा अस्ट्रेलिया टुरमा गएको १९७४ एडीको क्यानबेरा कन्सर्टमा एक हजार भन्दा बढी दर्शककको सहभागिता रहेको थियो ।