चार्ल्स बेलायतका नयाँ राजा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सि । भदाै २५, स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाका पुत्र राजकुमार चार्ल्स बेलायतको नयाँ राजा बनाइएको छ । उनलाई उत्तराधिकारी घोषित गर्दै बेलायतको राजगद्दी हस्तान्तरण गरिएको छ । महारानीको निधनको शोक कायमै रहेकाले कुनै ठूलो समारोहको आयोजना नगरी राजगद्दी हस्तान्तरण गरिएको हो ।
उमले भविष्यमा राजगद्दी सम्हाल्दा प्रयोग गर्ने नाम तय भइनसके पनि राजा चाल्र्स तृतीय नामले शासन गर्ने वा हजुरबुबाको थर राखेर राजा बन्ने भन्ने चर्चाको विषय बनेको छ । यद्यपि सो तय गर्ने जिम्मा स्वयं राजकुमार चाल्र्सलाई नै सुम्पिइएको छ ।
राजमुकुट पहि¥याएर औपचारिक राजा घोषणा गर्ने कार्य केही समयपश्चात् हुने बेलायतको बकिङ्घम राजदरबारले जनाएको छ । उनकी आमा महारानी एलिजाबेथ द्वितीयाले आफ्ना बुबाको निधनपश्चात सन् १९५२ मा बेलायतको राजगद्दी सम्हालेकि थिएन् । पनाति पुस्तासँग साक्षात्कार गर्दै ९६ वर्षमा महारानीको निधन बिहीबार भएको थियो ।