निगमका कार्यकारी निर्देशक खड्कालाई बर्खास्त नगर्नु : सर्वोच्च

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आज आन्तरिम आदेश दिएको छ । असोज २ गते मन्त्रीपरिषदको बैठकले स्पष्टिकरणको मौका समेत नदिई आफूलाई बर्खास्ती गरेको भन्दै पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो ।

बहालवाला मन्त्रीलाई सहयोग नगरेको, जग्गा खरिदमा अनियमितता गरेको भन्दै आयल निगमका कार्यकारी निर्देशक खड्कालाई मन्त्रिपरिषद् बैठकले हटाएको थियो ।

प्रकाशित : 8 October, 2017

प्रतिक्रिया दिनुहोस्