हङकङमा स्पीच थेरापिस्टलाई जेल सजाय
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सि । भदाै २६, हङकङमा पाँच जना स्पीच थेरापिस्टलाई बालबालिकालाई भड्काउने किताब लेखेको आरोपमा प्रत्येकलाई १९ महिनाको जेल सजाय दिइएको छ ।
बालबालिकाका लागि तीन वटा इ–कार्टुन किताब प्रकाशित गरेका ती युवा थेरापिस्टहरुलाई काटुर्नचित्र मार्फत हङकङका बालबालिकालाई चीन विरुद्ध भड्काउन खोजेको आरोप लगाइएको छ ।
एउटा कार्टुन किताबमा भेडाहरुले आफ्नो गाउँ कब्जा गर्न खोज्ने ब्वाँसाहरुलाई रोक्न प्रतिरोध गरेको कथा प्रस्तुत गरिएको छ । जसलाई न्यायाधीश क्वक वाइखिनले काटर्नु मार्फत बालबालिकाको दिमाग भुट्न खोजेको ठहर गरेका हुन । जेल सजाय पाउनेहरुमा लाइ मनलिङ, मेलोडी इयुङ, सिड्ने एन्जी, स्यामुएल छन र फोङ चहो रहनेका छन् ।
२५ देखि २८ वर्षका यी लेखकहरुको तर्क भने जनताको आँखाबाट इतिहासको ब्याख्या गर्न खोजेको भन्ने रहेको छ । उनीहरु विरुद्ध फैसला गर्न उपनिवेशकालिन राजद्रोह कानुनको सहारा लिइएको भन्दै आलोचना गरिएको छ ।