युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार दुर्घटना

सहयात्रा टिभी

एजेन्सि । भदाै ३०, युद्धग्रस्त राष्ट्र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की चढेको गाडी दुर्घटना भएको छ ।

राष्ट्रपति जेलेन्स्की युद्धग्रस्त क्षेत्र खार्किभबाट किभ फर्किरहेका थिए । फर्कने क्रममा विपरित दिशाबाट आएको गाडीसँग बिहीबार बिहान उनको गाडी ठोकिएको जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति जेलेन्स्की दुर्घटनामा परी सामान्य घाइते भएका छन् । उनका प्रवक्ताले जेलेन्स्कीलाई कहाँ चोट लागेको भने बताएनन् । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित : 15 September, 2022

प्रतिक्रिया दिनुहोस्