केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनेरास्ववियुले विधेयक जलाई राष्ट्रपतिको समर्थनमा प्रदर्शन

सहयात्रा टिभी

काठमाडौ । असोज ५, नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा प्रदर्शन गरेको हो । संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ ।

तर एमाले निकट अनेरास्ववियुले भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकोमा समर्थन गर्दै प्रदर्शन गरेको हो ।प्रदर्शनपछि अनेरास्वियुले नागरिकता विधेयक जलाएको छ ।

प्रकाशित : 21 September, 2022

प्रतिक्रिया दिनुहोस्