लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन

सहयात्रा टिभी

काठमाडौ । असोज ५,  भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो ।

गएको साउन २५ गते हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर उहाँको उपचार गरे पनि बचाउन नसकेको अस्पतालले जनाएको छ । उहाँको आज निधन भएको अस्पतालले घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्री वास्तव उत्तर प्रदेश फिल्म विकास परिषद्को अध्यक्ष हुनुहुन्थ्यो । सन् २००५ मा द ग्रेट इण्डिया लाफ्टर च्यालेन्जमा भाग लिएपछि उहाँ चर्चामा आउनु भएको थियो । उहाँले हिन्दी चलचित्रमा समेत अभिनय गर्नु भएको छ ।

प्रकाशित : 21 September, 2022

प्रतिक्रिया दिनुहोस्