सहुलियत पसलमा तेल र दालको मूल्य घटायो

सहयात्रा टिभी

काठमाडौ । असोज ५, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसलमा खाने तेल र दालको मूल्य घटाएको छ ।

तोरी, सूर्यमुखी र भटमासको तेलको मूल्य लिटरमा १० रुपैयाँ र मुसुरोको दालमा ८ रुपैयाँले घटाएर बिक्री गर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

घटाइएको नयाँ मूल्य मंगलबारबाटै कार्यान्वनयनमा आइसकेको पनि उनले बताइन । अब सहुलियत पसलमा तोरीको तेल २ सय ७५ रुपैयाँ, सूर्यमुखी तेल मूल्य प्रतिलिटर २ सय ८५ र भटमासको तेल २ सय ४० रुपैयाँ पर्नेछ ।

यसअघि कम्पनीले लिटरमा ७ रुपैयाँ छुट दिएको भन्दै सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरी २ सय ८० र भटमासको तेल २ सय ४५ रुपैयाँमा बिक्री गरेको थियो । यस्तै कम्पनीले मुसुरोको दालको मूल्य पनि १५३ रुपैयाँबाट घटाएर १ सय ४५ रुपैयाँ तोकेको छ । कम्पनीले उक्त तेल र दाल साल्ट ट्रेडिङबाट खरिद गरेको जनाएको छ ।

 

 

प्रकाशित : 21 September, 2022

प्रतिक्रिया दिनुहोस्