नेप्सेमा दोहोरो अंकको वृद्धि कारोबार भने खुम्चियो
काठमाडौ । असोज ५, लामो समयसम्मको अन्तरालपछि बुधबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ११.२२ अंकले वृद्धि हुँदै १८४८.८२ अंकमा उक्लिएको हो ।
अघिल्लो दिन यस्तो सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको थियो । तर, आज ११ अंकले नेप्से बढेपनि कारोबार भने थप खुम्चिन पुगेको छ । ११.२२ अंकले बढेको बजारमा आज जम्मा ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । अघिल्लो दिन ३८ अंकले घटेको बजारमा १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
अन्य समूहको उपसूचक भने १ प्रतिशत भन्दा कम अंकले बढेका छन् । आज सामलिङ पावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट ९१० प्रतिशतले वृद्धि भएको छ भने वियन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ३.६३ प्रतिशत गिरावट आएको छ ।