दलबहादुर कुँवरले ताप्लेजुङ म्याराथनको उपाधि जिते

सहयात्रा टिभी

काठमाडौं । असोज १३, ताप्लेजुङ–पाथीभरा म्याराथन दौडको उपाधि दलबहादुर कुँवरले जितेको जनाएका छन् । दौडमा सहभागी एक सय ३४ जनालाई पछि पार्दै निर्धारित ४२ किलोमिटर दुरी चार घण्टा १२ मिनेट २७ सेकेन्डमा पार गरेर कुँवर विजयी भएका हुन् । कुँवरले नगद एक लाख ५१ हजार एक सय ५१ रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

दौडमा त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर भाट दोस्रो भएका छन् । उनले चार घन्टा १२ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे । भाटले एक लाख एक हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका जनाएका छन् ।

त्यस्तै निर्धारित दुरी चार घण्टा १२ मिनेट ५८ सेकेन्डमा पार गर्दै राजन मेयोङबा तेस्रो भएका छन् । उनले ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको जनाकारी प्राप्त भयो । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको तेस्रो दिन आज म्याराथन भएको हो ।

प्रकाशित : 29 September, 2022

प्रतिक्रिया दिनुहोस्