केपी ओली प्रचण्ड माधव नेपाल एमाले


खोकनामा सिकाली जात्राको रमझम

सहयात्रा टिभी

ललितपुर । असोज १५, ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ । सिकाली चौंरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाइरहेका हुन् । दशैं को सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन् ।

हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको ललितपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले बताए ।

जात्रामा रुद्रायणीदेवीको मूर्ति खटमा राखेर नगरपरिक्रमा गर्ने गरिन्छ भने भक्तजनहरुका लागि विभिन्न स्थानीय गुठीहरुले निःशुल्क प्रसादको रुपमा भोजन गराउने गर्दछन् । यो जात्रा देशैंको बेलामा यहाँ सुरु हुने गर्दछ । जात्रामा स्थानीयले आफ्नो परम्परागत बाजागाजा बजाउने गर्दछन् । जात्राको व्यवस्थापन स्थानीय गुठीहरुले गरेका हुन्छन्।

प्रकाशित : 1 October, 2022

प्रतिक्रिया दिनुहोस्