केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१९ जनामा कोरोना पुष्टि, ९६ जना मुक्त

सहयात्रा टिभी

काठमाडौं । असोज १५, नेपालमा कोरोना संक्रमणको ग्राफ घट्दै गएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कलाई हेर्दा संक्रमित हुनेभन्दा संक्रमण मुक्त हुनेको संख्या पाँच गुणाभन्दा बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा आज १९ जना कोरोना संक्रमित थपिँदा ९६ जना कोरोनाबाट मुक्त भएका छन् ।

१ हजार ३ सय ३२ जनामा गरिएको परिक्षणबाट पीसीआर विधिबाट १७ र एन्टीजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको छ । सो समयमा कसैले पनि ज्यान गुमाएका छैनन् । त्यस्तै, खोप लगाउनेको तथ्याङ्क मन्त्रालयमा प्राप्त नभएको उल्लेख गरिएको छ । अब देशभरमा ९ सय २५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रकाशित : 1 October, 2022

प्रतिक्रिया दिनुहोस्