सेयर बजारमा २७ अंकको गिरावट संगै कारोबार वृद्धि

सहयात्रा टिभी

काठमाडौ । असोज २४, सेयर बजारमा दोहोरो अंकको गिरावट भएसंगै कारोबार भने वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २७.२६ अंक (१.४३ प्रतिशत)ले गिरावट भएर १८७१.२२ अंकमा बन्द भएको छ ।

दशैंपछिको पहिलो कारोबार दिन आइतबार ४४ अंकको वृद्धि भएको नेप्से सोमबार नै पुनः गिरावट भएको हो । नेप्सेसँगै म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम भने बढेर करिब १ अर्ब नजिक पुगेको छ ।

सोमबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको स्थिर छ ।

यता गरिमा डिवेञ्चर २०८५ को मूल्य सर्वाधिक ८.१३ प्रतिशतले गिरावट हुँदा सिभिल लघुवित्तको सेयर मूल्य ६.३३ प्रतिशत र कृषि विकास बैंक ऋणपत्र २०८३ को मुल्य ५.८६ प्रतिशतले गिरावट भएको छ ।

प्रकाशित : 10 October, 2022

प्रतिक्रिया दिनुहोस्