अबिज एर्नेस्ती वर सालौएनेन्सिस चीनको सबैभन्दाअग्लो रुख
काठमाडौ । असोज २४, चीनमा रहेका मध्ये ८३ दशमलव ४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ ।
अनुसन्धानकर्ताहरूको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुखसम्बन्धी विवरण हिजो आइतवार सार्वजनिक गरेको हो ।
शाङ्घाई चेन्शन बोटानिकल गार्डेनले देशभरि रहेका रुखहरूमध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । कीर्तिमानी त्यो सबैभन्दा अग्लो रुखको नाम अबिज एर्नेस्ती वर सालौएनेन्सिसु राखिएको छ ।
चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने पहाडी भू–भाग तिब्बत स्वशासित क्षेत्रमा त्यो रुख रहेको जनाइएको छ । यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलो पटक गएको मे महिनामा गरिएको थियो ।
चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको इन्स्टिच्युड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरिको सबैभन्दा अग्लो रुख हो भन्ने कुराको दोस्रो पटक गएको अगस्टमा पुष्टि गरिएको थियो ।
सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । त्यस रुखको मोटाइ भने दुई सय सात सेन्टिमिटर रहेको छ । यो रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ ।