आपूर्ति मन्त्रालयले आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय

सहयात्रा टिभी

काठमाडौं । असोज २८, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले प्रतिबन्धलाई ६२ दिन थप गर्न सिफारिस गरेको हो ।

अब विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात २९ मंसिर बिहीबारसम्म निरन्तर हुनेछ ।

‘आयात प्रतिबन्ध लम्ब्याउने निर्णय भएको छ’, मन्त्रालय स्रोतले भन्यो,‘सरकारले यसबारे आजै निर्णय गर्ने र आजै रापत्रमा सूचना प्रकाशित हुनेछ ।’

सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिती कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।

उक्त प्रतिबन्धलाई थप कडाइ गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत राखेको थियो ।

 

प्रकाशित : 14 October, 2022

प्रतिक्रिया दिनुहोस्