जयरानीलाई चार सय मिटर हडल्समा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

काठमाडौं । असोज ३०, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालामा भइरहेको एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन् ।
चार सय मिटर हडल्समा उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितिन् । उनले निर्धारित दूरी १ मिनेट ०४ दशमलव १३ सेकेण्डमा पूरा गरिन् ।
जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । जयरानीले यसअघि ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलव २ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।