सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ को ज्यान गयो, १५ घाइते
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज ३०, रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको ज्यान गएको छ । अरु १५ जना घाइते भएका छन् ।
युक्रेनमा युद्धको मञ्चका रूपमा काम गर्ने रुसको बेल्गोरोड क्षेत्रमा रहेको सैन्य तालिम केन्द्रमा हिजो गोली चलेको सरकारी समाचार एजेन्सी रियाले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको हुनसक्ने जनाएको छ ।रुसले गएको फेब्रअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । त्यसैक्रममा रुसले युक्रेनसँग लड्ने स्वयंसेवकलाई हतियार चलाउने तालिम दिँदै आएको छ । एजेन्सी