नामिबियाले टी–२०मा श्रीलङ्कालाई पराजीत गरे सँगै २ अङ्क प्राप्त
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज ३०, आईसीसी टी–२० विश्व कपको उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई हराएको छ ।
साइमन्ड्स स्टेडियम जिलङमा भएको खेलमा नामिबियाले ५५ रनले हरायो । नामिबियाले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभरमा अलआउट हुँदै एक सय आठ रनमात्र बनाउन सक्यो ।
श्रीलङ्काका लागि कप्तान दसुन शनाकाले २९ र भानुका राजपाक्षले २० रन बनाए । बलिङतर्फ नामिबियाका डेभिड विस, बेर्नार्ड, बेन शिकोङ्गो र जान फ्रिलिङ्कले दुई–दुई विकेट लिए ।