‘ एक रहस्यमयी हत्याको घटना’ फिल्म दृश्यम २ ट्रेलर सार्वजनिक

काठमाडौँ । असोज ३१, अजय देवगण स्टारर क्राइम थ्रिलर बलिउड फिल्म ‘दृश्यम २’को ट्रेलर सार्वजनिक भएको छ । यो सन् २०१५ मा रिलिज भएको हिट फिल्म दृश्यमको सिक्वेल हो ।
एक रहस्यमयी हत्याको घटनामा आधारित फिल्ममा यस पटक प्रहरी अधिकृतको भूमिकामा अक्षय खन्नाको जबरजस्त प्रवेश भएको ट्रेलरले देखाउँछ । साथमा अघिल्लो श्रृंखलामा प्रहरी अधिकृतकै भूमिकामा रहेकी तब्बु दृश्यम २ मा पनि छिन् ।
एक हत्याको घटनालाई अजयको परिवारले लुकाउन गरेको प्रयास र प्रहरीले गरेको अनुसन्धान फिल्मको कथावस्तु हो । अभिषेक पाठक निर्देशित फिल्ममा श्रीया सरन, ईशिता दत्त, मृणाल जाधव, रजत कपुर लगायतले पनि अभिनय गरेका छन् । दृश्यम कन्नड फिल्मको रिमेक भर्सन हो । दृश्यम २ आगामी नोभेम्बर १८ मा भारतलगायत विश्वभर रिलिज हुने तयारीमा छ ।