भारतको औपचारिक भ्रमणमा संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेस

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा आज भारत आउँदै हुनुहुन्छ ।सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता उहाँको यो पहिलो भारत भ्रमण हो ।

 गुटेरेसले मुम्बईमा संयुक्त राष्ट्र सङ्घ–भारत साझेदारी, दक्षिण–दक्षिण सहयोगको सुदृढीकरण’ विषयमा सार्वजनिक सम्बोधन गर्नुहुनेछ । उहाँ बिहीवारसम्म भारतमा रहनुहुनेछ ।

बिहीवार गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग वातावरण सुरक्षाका लागि जीवनशैली पुस्तिका, लोगो र ट्यागलाइनको विमोचन समारोहमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०२१ को नोभेम्बरमा ग्लास्गोमा भएको कोप–२६ मा भारतीय प्रधानमन्त्रीले वातावरण संरक्षणका लागि जीवनशैली पुस्तिकाको अवधारणा अघि सार्नुभएको थियो । गुटेरेसले यसअघि पहिलो कार्यकालमा सन् २०१८ को अक्टोबरमा भारतको भ्रमण गर्नुभएको थियो।

 

प्रकाशित : 18 October, 2022

प्रतिक्रिया दिनुहोस्