सकिदै संसद्को आयु

सहयात्रा टिभी

काठमाडौं । नयाँ संविधानको व्यवस्थाअनुसार संसद् स्वतः विघटन हुदैछ । संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्दै छ । २०७२ असोज ३ गते संविधान जारी भएपछिको शुक्रवारको बैठक अन्तिम हुनेछ । ६०१ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य गर्नुपर्ने भन्दै संसद्मा रूपान्तरण भएको थियो ।

संसद्को म्याद माघ ७ गतेसम्म रहेपनि त्यसअगावै प्रतिनिधिसभा निर्वाचन हुने भए मनोनयनको अघिल्लो दिन स्वतः समाप्त हुनेछ ।
पहिलो संविधानसभा संविधान जारी गर्न असफल भएपछि राजनीतिक सहमतिमा दोस्रो संविधानसभाको निर्वाचन भएको थियो ।

२०७२ माघ ८ गते दोस्रो संविधानसभाको बैठक प्रारम्भ भए पनि राजनीतिक दाउपेच र दलगत एजेन्डाका कारण सुरुमा अपेक्षाकृत काम हुन सकेको थिएन । तर, २०७२ वैशाख १२ गतेको महाविनाशकारी भूकम्पपछि ठूला दलहरूले संविधान निर्माणमा सहमति गरेका थिए । संविधान जारी गर्ने बेला पाँच सय ९८ सभासद कायम रहेकामा पाँच सय ३७ जनाले संविधानमा हस्ताक्षर गरेका थिए । मधेसकेन्द्रित दलले संविधानमा असहमति जनाएपछि ५७ जनाको हस्ताक्षर हुन सकेन ।
मंसिर १० र २१ गते गरी सरकारले दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तोकेपछि अन्तिम समयमा आएर दर्जनौं विधेयक पारित गरिए । प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन, विभिन्न आयोग, कर्मचारी समायोजन, वित्त आयोगलगायत दर्जनौं कानुन निर्माण गरे पनि राष्ट्रियसभा गठनसम्बन्धी विधेयक भने अन्तिम समयसम्म पनि अन्योलमा छ ।

संसद्का मुख्य काम
– रूपान्तरित संसद्को पहिलो अधिवेशन २०७२ असोज १५ गते सुरु
– असोज २४ गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वा्चित
– असोज २७ मा ओनसरी घर्ती सभामुख निर्वा्चित
– कात्तिक ११ मा विद्यादेवी भण्डारी राष्ट्रपति निर्वा्चित
– कात्तिक १४ मा नन्दबहादुर पुन उपराष्ट्रपति निर्वा्चित
– फागुन १२ मा अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्ध महाभियोग प्रस्ताव दर्ता
– साउन ७ मा तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रद्वारा अविश्वास प्रस्ताव दर्ता
– प्रस्ताव संसद्को प्रक्रियामा नजाँदै ओलीद्वारा राजीनामा
– कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री
– दर्जनौं ऐन-कानुन निर्माण गरी निर्वाचनको आधार तय
– कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वा्चित

स्थानीय तह निर्वाचन सम्पन्न हुनु, संविधान बहिष्कार गरेका मधेसकेन्द्रित दल यही संविधानअनुसार निर्वाचनमा आउनु तथा प्रतिनिधिसभा-प्रदेशसभा निर्वाचन गरेर संसद्ले संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको छ । सभामुख घर्तीले शुक्रबार अन्तिम बैठक भएको जनाउ कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकमा दलहरूलाई गराइसकेको हुदां शुक्रवार हुने बैठक नै संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक हुनेछ ।

प्रकाशित : 13 October, 2017

प्रतिक्रिया दिनुहोस्