मंसिरमा सलोनको विवाह र फिल्म ‘मीलन’ एकसाथ

काठमाडौँ । कात्तिक १३, यसपटकको मंसिर अभिनेता सलोन बस्नेतको लागि खास हुनेछ । प्रेमिका करिश्मा केसीसँग उनले सोही महिनाको १२ गते विवाह गर्दैछन् ।
अर्को महत्वपूर्ण खबर के भैदियो भने, उनी अभिनित पछिल्लो फिल्म मीलनको प्रदर्शन पनि पोस्टपोण्ड भएर मंसिर ९ गते पुगेको छ । विवाहको चार दिनअघि फिल्म रिलिज हुने निश्चित भएको छ ।
निर्देशक टेक पौरखी राईले कात्तिक १८ गतेको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको बताए । विवाहकै छेकोमा फिल्मको रिलिज निश्चित भएपछि सलोनलाई चटारो हुनेछ ।
विवाहको तयारीमा जुट्नुपर्ने बेला फिल्मको प्रचारमा समेत समय दिनुपर्ने भएपछि सलोनलाई समय व्यवस्थापनको धपेडी पर्नेछ । मंसिर ९ मा बलिउड फिल्म भेडिया रिलिज हुँदैछ भने अहिलेसम्म अन्य नेपाली फिल्मले रिलिज डेट निश्चित गरिसकेका छैनन् ।