सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १८, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा आज सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले बहस गर्दैछन् । सरकारी वकीलको तर्फबाट पनि बहस हुने छ ।

सन्दीपका तर्फबाट बिहीवार ८ जना अधिवक्ताले बहस गरेका थिए । बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको थियो । उक्त मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

प्रकाशित : 4 November, 2022

प्रतिक्रिया दिनुहोस्