कांग्रेस र लोकतान्त्रिक फोरमबिच सोमवार पार्टी एकता हुने
सहयात्रा टिभी
काठमाडौं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबिच आज पार्टी एकता हुदैछ । आईतवार हुने भनिएको पार्टी एकता दुवै पक्षविच ठोस निष्कर्षमा पुग्न नसक्दा हुन नसकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकासम्म पनि पार्टी एकताका लागि द्विपक्षीय वार्ता भएको थियो ।
सोही बैठकको निष्कर्षस्वरुप नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबिच आज पार्टी एकता हुन लागेको हो ।
- एक दशकपछि कांग्रेसमै फर्कंदै गच्छदार
- -कांग्रेसमा उनलाई उपसभापति वा महामन्त्री मनोनयन गरिने
- -फोरम लोकतान्त्रिकका ५ जना प्रतिनिधिसभाको समानुपातिक सिटमा
नेपाली कांग्रेसबाट निस्किएर मधेसवादी राजनीतिमा लागेको करिब एक दशकपछि विजयकुमार गच्छदार फेरि कांग्रेसमै फर्किने भएका हुन्। संघ र प्रदेश चुनावको पूर्वसन्ध्यामा सुरु भएको दलहरूबीचको धु्रवीकरण र एकीकरणकै बीच गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले कांग्रेससँग एकता गर्ने निर्णय गरेको हो ।