अन्तिम समयमा पुरानो मिति राखेर सांसदले बाँडे १० अर्ब

सहयात्रा टिभी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निर्वाचन निवर्तमान सांसदले १० अर्ब रुपैयाँ बाँडफाँट गरेका छन् । आफ्नो पदावधि सकिनै लाग्दा अन्तिम समयमा सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संसद् विकास कोषको बजेट बाँडेका हुन् ।

निर्वाचनको मुखमा योजना सिफारिस गर्दा आचारसंहिता उल्लंघन हुने भए पनि आफू र आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न सजिलो हुनेगरी उनीहरुले योजना पेस गरेका छन् ।

शनिबार मध्यरातमा पदावधि सकिएका पाँच सय ९३ सांसदले त्यसअघि नै योजना सिफारिस गरेका हुन् । कतिपयले पुरानो मिति राखेर आइतबार नै बैठक बसी बजेट बाँडफाँट गरेको खबर आजको नागरिक दैनिकमा उल्लेख गरिएको छ ।

प्रकाशित : 16 October, 2017

प्रतिक्रिया दिनुहोस्