अक्टोबर महिनाका आईसीसी प्लेअर अफ द मन्थ बने कोहली
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । कात्तिक २१, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय क्रिकेटर विराट कोहलीलाई अक्टोबर महिनाका लागि ुप्लेयर अफ द मन्थु घोषित गरेको छ ।
यस्तै महिलातर्फ एसिया कपमा पाकिस्तानको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने निदा डारलाई प्लेअर अफ द मन्थ को अवार्ड दिइएको छ ।
मिडियाका प्रतिनिधि, आईसीसी हल हफ फेम, अन्तर्राष्ट्रियस्तरका पूर्वखेलाडी icc-cricket.com मा प्रशंसकहरूले गर्ने भोटका आधारमा कोहली र डार दुवै विजेता घोषित भएका हुन् ।
कोहलीले दक्षिण अफ्रिकाका डेभिड मिलर र जिम्बावेका सिकन्दर राजालाई पछि पारेका हुन् । निदा डारले भारतकी दिप्ती शर्मा र भारतकै जेमिमा रोड्रिगेजलाई पछि पारेकी हुन् ।
कोहलीले दुई सय पाँच रन बनाएपछि प्लेअर अफ द मन्थ घोषित भएका हुन् । यस्तै निदा डारले छ खेलमा एक सय ४५ रन बनाउँदै आठ विकेट लिएकी थिइन् ।