केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक अमेरिकी व्यक्तिले बाजी थापेरै जिते १० अर्ब रुपैयाँ

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २३, एकजना अमेरिकी सट्टेबाजले बेसबल खेलमा बाजी थापेर एकैपटकमा करिब १० अर्ब रुपैयाँ जितेका छन् । ती सट्टेबाज यतिविघ्न जुवाडे हुन् कि उनले यसअघि यस्तै बाजी थापेर ४० करोड रुपैयाँ रकम हारेका थिए ।

एउटै सट्टेबाजीमा १० अर्ब जितेको घटनालाई खेलकुद इतिहासकै सबैभन्दा महंगो सट्टेबाजी मानिएको छ । सट्टेबाजीमा करीब १० अर्ब रुपैयाँ जितेपछि म्याकले आफ्नी पत्नी र ह्युस्टनबासीप्रति आभार व्यक्त गरेका छन् ।

अमेरिकी नागरिक जिम म्याकइंगभेल खेलकुदमा सट्टेबाजीका लागि निकै चर्चित नाम हो । फर्निचर स्टोरका मालिक रहेका जिम म्याट्रेस म्याकको नामले पनि चिनिन्छन् । उनले हालै सट्टेबाजी अर्थात् बेटिङबाट अर्बौँ रुपैयाँ हात पारेका छन् । गत शनिबार अमेरिकाको बेसबल टिम ह्युस्टन एस्ट्रोसले वर्ल्ड सिरिजको स्पर्धा जित्यो । उक्त जितले सट्टेबाज जिमको भाग्य खोलिदियो ।

ह्युस्टनले पछिल्लो ६ वर्षमा दोश्रो पटक वर्ल्ड सिरिज जित्यो । त्यसको फाइदा बेसबल टिम र त्यसका खेलाडिलाई त भयो नै । टिमसँग कुनै साइनो नभएका सट्टेबाज जिमले ७ करोड ५० लाख अमेरिकी डलर कमाए ।

उनले बाजी थापेर कमाएको ७५ मिलियन डलर रकमको ब्रिफकेस सहितको तस्वीर ट्वीट गरेका छन् । अनौठो त के भने गतवर्ष पनि सोही टिमले वर्ल्ड सिरिज जित्छ भनेर बाजी थापेका मेट्रेस म्याकले त्यतिबेला करीब ४० करोड रुपैयाँ बराबरको रकम हारेका थिए ।

सट्टेबाजीमा जितेको अर्बौँ रकम उनले परोपकारी कार्यका अतिरिक्त आफ्नो फर्निचर स्टोरको विस्तारका लागि प्रयोग गर्ने बताएका छन् ।म्याट्रेस म्याकले बेसबलसँगै फुटबल, बास्केटबल, हर्स रेसिङ लगायतका खेलकुदमा सट्टेबाजी गर्ने गरेका छन् ।

गत अप्रिलमा नले युनिभर्सिटी अफ कान्समा बास्केटबल स्पर्धामा बाजी थापेर करीब २ अर्ब रुपैयाँ जितेका थिए भने फेब्रुअरीमा १ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम त्यसैगरी हारेका थिए । एजेन्सीको सहयोगमा

प्रकाशित : 9 November, 2022

प्रतिक्रिया दिनुहोस्