अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिस अर्थमा भाग लिन सरिशा श्रेष्ठ फिलिपिन्सतर्फ जाँदै

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २५, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन शुक्रबार फिलिपिन्सको राजधानी मनिलातर्फ प्रस्थान गरेकी छन् ।

नोभेम्बर २९ मा मनिलामा हुने मिस अर्थको फिनालेसहित अन्य प्रतिस्पर्धामा सरिशाले नेपालको प्रतिनिधित्व गर्नेछिन् ।विमानस्थलमा मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, निर्देशकहरु प्रमोद कंसाकार र सुवर्ण क्षेत्रीले सरिशालाई शुभकामना दिए ।

 

 

प्रकाशित : 11 November, 2022

प्रतिक्रिया दिनुहोस्