कास्की बाट छायांकन थालेको फिल्म ‘गुलाबी’को ‘इण्ड क्ल्याप’ ठमेलमा

काठमाडौँ । कातिक २८, कास्कीको धम्पुसबाट छायांकन थालेको फिल्म ‘गुलाबी’को ‘इण्ड क्ल्याप’ काठमाडौंमा भएको छ । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै फिल्मको ३२ दिने छायांकन तालिका पनि सकिएको छ ।
पारालैंगिक कथावस्तुको फिल्ममा नाजिर हुसेनको प्रमुख भूमिका छ । सञ्चिता लुइँटेल, सुशील सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ र शिशिर राणा पनि मुख्य भूमिकामा छन् ।
पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र अभिनेता हुसेनले सहकार्य गरेका छन् । दी स्काई ओसन इन्टरटेनमेन्ट ब्यानरमा निर्माण भएको ‘गुलाबी’मा आलोक शुक्लाको छायांकन छ ।
निर्देशक समुन्द्र भट्टले एउटा गीतलाई भने चुनावपछि खिचिने बताइन् । फिल्म फागुनमा रिलिज गर्ने निर्देशक भट्टले बताइन् ।