ओमानमा अलपत्र परेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौ । मंसिर १, भिजिट भिसामा ओमान आएर अलपत्र परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सम्पर्क गर्न आग्रह गरेको छ ।
विभिन्न समयमा भिजिट भिसामा ओमान आएर अलपत्र र समस्यामा परेकाहरूलाई स्वदेश फर्कन सहजीकरण गर्ने भन्दै दूतावासले सम्पर्क गर्न आग्रह गरेको हो ।
अहिले भिजिट भिसामा आएर समस्यामा पर्ने नेपालीहरू कति छन् भनेर तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । त्यसैले यदि कोही पनि नेपाली नागरिक भिजिट भिसामा आएर समस्या परेको र नेपाल फर्कन चाहिरहेको भएमा ६ नोभेम्बर भित्र दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
दूतावासमा [email protected] वा दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा सम्पर्क गरेर आफ्नो विवरण टिपाउन सकिन्छ ।