केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दशौं विलियन खर्च गरेर आयोजना गरेको राष्ट्रले विश्वकपबाट कति आम्दानी गर्ला ?

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २, मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक फुटबल विश्वकप आयोजना गर्दैछ । विश्व क्यालेन्डरमा खेलकुदको सबैभन्दा ठूलो मेला हो , फुटबल विश्वकप । यहाँसम्म कि यो मेला ओलम्पिकभन्दा पनि चर्चित हुने गर्छ ।

विश्वका आधाभन्दा बढी जनसंख्याले २०२२ को विश्वकप हेर्ने अनुमान छ । पाँच विलियन मानिसले फुटबल विश्वकप हेर्ने आँकलन गरिएको छ ।१ मिलियनभन्दा बढी मानिसले कतारमा गएर विश्वकप हेर्ने अनुमान गरिएको छ ।

टिकटदेखि मर्चन्डाइज बिक्री तथा स्पोनसरसिपदेखि पुरस्कार रकम र घुमघाम यी सबै कुरा पैसासँग सम्बन्धित भएर आउँछ । तर, के आयोजक राष्ट्रले विश्वकप आयोजना गरेर पैसा कमाउँछ त ? यसको उत्तर एक शब्दमा भन्दा कमाउँदैन ।

हालसम्म धेरै राष्ट्रहरुले विश्वकप आयोजना गरिसकेका छन् । दशौं विलियन खर्च गरेर आवश्यक पूर्वाधारहरु बनेका छन् । होटलदेखि सुरक्षा, यातयातदेखि हरेक कुरामा विश्वकपलाई लक्षित गरेर खर्च गरिन्छ । तर, यसबाट आयोजक राष्ट्रले प्रत्यक्ष रुपमा आम्दानी गर्दैन ।

अवश्य पनि विश्वकप एउटा पैसा कमाउने माध्यम हो । टेलिभिजनमा दिने प्रसारण अधिकार वापत पछिल्लो संस्करणको विश्वकपमा ४.६ विलियन डलर आम्दानी भएको थियो । तर, हरेक कमाइ फिफाको हुनेगर्छ ।

टिकट बेचेको पैसा फिफा मातहतका कम्पनीमार्फत शतप्रतिशत फिफालाई जान्छ । हुन त प्रतियोगिताको सबै लागत खर्च फिफाले नै बेहोर्छ । जसका कारण आएको आम्दानी पनि फिफाले नै लिनु स्वभाविक हो । फिफाले १.७ विलियन डलर रकम कतारलाई दिन्छ जसमा हरेक टिमको पुरस्कार रकम पनि सामेल हुन्छ ।

१२ वर्ष अघि आयोजना अधिकार पाएको कतारले यो विश्वकपको तयारीका लागि कम्तीमा पनि २ सय विलियन डलर खर्च गरेको आँकलन गरिएको छ ।

आयोजक राष्ट्रलाई महिनाभरी चल्ने यो प्रतियोगिताले केही आम्दानीका स्रोतहरु पक्कै खोल्नेछ । जस्तै विदेशी दर्शक आउँदा उनीहरुले होटल, रेष्टुरेन्टमा गरेको खर्च आयोजक देशको राजस्वमा जोडिन्छ । यो आम्दानी निकाल्नुभन्दा बढी सरकारले उक्त पूर्वाधार बनाउन गरेको खर्च निकै बढी छ ।

यसको आर्थिक लाभ आयोजक राष्ट्रले भविष्यमा आर्थिक उन्नतिमा बढोत्तरी गरेर उठाउनेछ । त्यसैले विश्वकप आयोजक राष्ट्रको लागि विश्वकप फुटबल आयोजना गर्न पाउनु गर्वको विषय हो ।

प्रकाशित : 18 November, 2022

प्रतिक्रिया दिनुहोस्