इजिप्टसँग बेल्जियम पराजित

सहयात्रा टिभी

काठमाडौं । मंसिर ३, विश्वकपअघिको मैत्रीपूर्ण खेलमा बेल्जियम इजिप्टसँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा बेल्जियम विश्वकपका लागि छनोट हुन नसकेको इजिप्टसँग २–१ ले पराजित भयो ।

इजिप्टको जितमा मोस्तफा मोहम्मद र ट्रेजेगुएटले एक–एक गोल गरे । बेल्जियमका लोइस ओपेन्डाले गोल फर्काएका थिए । खेलको ३४औं मिनेटमा मोहम्मदको गोलबाट अग्रता लिएको इजिप्टले ४६औं मिनेटमा ट्रेजेगुएटको गोलबाट अग्रता दोब्बर पार्यो ।

बेल्जियमका ओपेन्डाले ७६औं मिनेटमा गोल फर्काएका थिए । बेल्जियम विश्वकपको समूह ‘एफ’ मा रहेको बेल्जियमले मंसिर ८ गते क्यानडासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यो समूहमा बेल्जियम र क्यानडासँगै मोरोक्को र क्रोएसिया छन् ।

प्रकाशित : 19 November, 2022

प्रतिक्रिया दिनुहोस्