अब सक्रिय राजनीतिमा लाग्ने संकेत गर्दै राजेश हमालले गरे मतदान

सहयात्रा टिभी

 

काठमाडौं । मंसिर ४, मतदानपछि राजेश हमालले भने अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ । अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् ।

 

 

मतदानपछि कुरा गर्दै उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए । ‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए ।

 

प्रकाशित : 20 November, 2022

प्रतिक्रिया दिनुहोस्