केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जनमतको कदर होस् र स्थिर सरकार बनोस् : गायक प्रमोद खरेल

सहयात्रा टिभी

काठमाडौ । मंसिर ५, आइतबार भएको निर्वाचनमा कलाकारले समेत उत्साहजनक ढंगले भाग लिए । कतिपय सेलिव्रिटीले गाउँ पुगेर मतदान गरे । संविधान जारी भएपछि सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको यो निर्वाचनमा सेलिव्रिटीको उत्साहजनक सहभागिता देखियो ।

मतदानपछि कलाकारले जनमतको कदर होस् भन्ने आशा राखेका छन् ।गायक प्रमोद खरेल मतदान गर्न झापाको आफ्नो गाउँ कचनाकवल पुगे । सामाजिक संजालमा उनले मतदान गरेपछिको तस्वीर सेयर गरेका छन् ।

आगामी पाँचवर्षमा जुनसुकै दल सरकारमा पुगेपनि देश र जनताको हित विपरित कुनै काम नहोस् भन्ने अपेक्षा उनले राखेका छन् । स्थिर सरकार बनाएर जनमतको कदर गर्न उनको आग्रह छ ।

प्रमोद लेख्छन्, ‘यो रंग मात्र हैन हाम्रो र भावी पुस्ताको भविष्य कोर्ने मसी हो । विगतका कमी कमजोरी सच्चाउँदै आगामी ५ वर्ष जो–जो सरकारमा पुगे पनि देश र जनताको हित विपरीत कुनै काम नहोस्, स्थिर सरकार बनोस्, जनमतको कदर होस् , जनताको मुहारमा खुशी देख्न पाइयोस्, हार्दिक शुभकामना ।’

लोकप्रिय गायक खरेल यतिबेला ‘द भ्वाइस अफ नेपाल’को कोचको रुपमा व्यस्त छन् । यसबाहेक सांगीतिक कार्यक्रममा समेत उनी सक्रिय देखिन्छन् ।

प्रकाशित : 21 November, 2022

प्रतिक्रिया दिनुहोस्