केपी ओली प्रचण्ड माधव नेपाल एमाले


परिजिताले ‘द भोइस अमेरिका’को शीर्ष १३ लाइभ शोमा गाइन् एडेलको गीत, चौतर्फी वाहवाही

सहयात्रा टिभी

काठमाडाै । मंसिर ६, द भोइस अमेरिकाको शीर्ष १३ लाइभ शोमा नेपाली मूलकी परिजित बाँस्तोलाले बेजोड प्रस्तुती दिएकी छिन् । उक्त शोमा उनले एडेलको ‘अल आई आस्क’ बोलको गीतमा प्रस्तुती दिएकी छिन् ।

कोच जोन लिजेन्डको तर्फबाट उनले टप १३ लाइभ शोमा आफ्नो प्रस्तुती दिँदा कालो सारी र ब्लाउज लगाएकी थिइन् ।
कोच जोनले उनको पहिरनको विशेष तारिफ गरेका पनि छन् । उनले भने, ‘तिमीले जहाँको प्रतिनिधित्व गर्छौ, त्यसलाई तिमीले निकै राम्रोसँग प्रस्तुत गरिरहेकी छौ । तिम्रो स्वर निकै फरक छ, हरेक गीत सजिलै गाउन सक्छौ ।’

लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । परिजिताले ‘द भोइस’ मा आफ्नो प्रस्तुती दिन पाउँदा आफू निकै खुसी भएको र आफूलाई यो यात्रामा माया र समर्थन गर्ने सबैलाई धन्यवाद दिएकी पनि छिन् ।

यसका साथै उनले भोटको लागि अपिलसमेत गरेकी छिन् । परिजिताको भोइसमा ब्लाइन्ड अडिसनबाटै व्यापक चर्चा भइरहेको छ । उनको गायन शैलीलाई भोइसका चारैजना कोचले तारिफ गर्ने गर्छन् । यस्तै, उनले देश विदेशबाट पनि चौतर्फी वाहवाही बटुलिरहेकी छिन् ।

प्रकाशित : 22 November, 2022

प्रतिक्रिया दिनुहोस्