केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकप फुटबल : आज चार खेल हुँदै

सहयात्रा टिभी

काठमाडौं । मंसिर ९, विश्वकप फुटबल अन्तर्गत शुक्रबार चार खेल हुँदैछन्। शुक्रबार साँझ समूह ‘ए’ अन्तर्गत कतार र सेनेलगलबीच ६:४५ मा खेल हुनेछ। दोस्रो खेलमा नेदरल्याण्ड र इक्वेडरबीच ९:४५ मा प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी समूह ‘बी’ अन्तर्गत वेल्स र इरानबीच दिउँसो ३:४५ मा प्रतिस्पर्धा सुरु हुनेछ इङ्ल्याण्ड र अमेरिकाबीच बिहान १२:४५ मा खेल सुरु हुनेछ। आजको खेलमा इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ भने अमेरिका पहिलो जित निकाल्न चाहन्छ।

विश्वकप फुटबलमा बिहीबार भएको खेलमा ब्राजिल, पोर्चुगल र स्विटजरल्यान्डले विजयी सुरुवात गरेका छन्। हिजो भएको खेलमा ब्राजिलले सर्वियालाई २-० ले, पोर्चुगलले घानालाई ३-२ ले तथा स्विजरल्यान्डले क्यामरुनलाई १-० ले हराएका हुन्। उरुग्वे र दक्षिण कोरियाले भने गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित : 25 November, 2022

प्रतिक्रिया दिनुहोस्