केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिल्म ‘तिम्रो मेरो साथ’ साम्राज्ञी र पुष्पको प्रेम र बदलाको कथा

सहयात्रा टिभी

काठमाडौं । मंसिर ९, साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ । रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ ।

साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ । ‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो । निर्देशक पौडेलले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन् ।

फिल्ममा सरोज खनाल, सन्दीप क्षेत्री, एमिली लामा, दीपिशा केसी र खड्गबहादुर पुनको पनि अभिनय छ । फिल्मको पटकथा सविर श्रेष्ठले लेखेका हुन् । पासाङ लामा, आर्यन पौडेल र अर्नव पौडेलले फिल्म निर्माण गरेका हुन् । यो फिल्म पुस २९ गते देशब्यापी प्रदर्शन तयारीमा छ । हेर्नूस टिजर स्

 

प्रकाशित : 25 November, 2022

प्रतिक्रिया दिनुहोस्